KhabarUjyalo

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

१० चैत्र २०७८, बिहीबार
रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने छलफल अन्तिम चरणमा पुगेका छन् । उनले पार्टी एकताको सन्देश दिन नाम र चुनाव चिन्हमा ध्यान दिएका छन् । राप्रपाले पुरानै नाममा जोड दिएको छ । उसले चुनाव चिन्ह् पनि हलो नै राख्न खोजेको छ । तर विवेकशील साझाले राप्रपाको नाम परिवर्तनमा जोड दिएको छ ।

चुनाव चिन्ह् पनि केही फरक बनाउने गरी छलफल बढाएको छ । विश्वस्त स्रोतका अनुसार मिश्रले राप्रपा मात्र नाम राख्दा आफू पार्टी प्रवेश गरेको सन्देश जाने भन्दै केही परिवर्तनको आशा राखेका छन् । तर, राप्रपाको नाममा अध्यक्ष राजेन्द्र लिङ्देनले अडान कसेका छन् । लिङ्देन कुनै हालतमा नाम परिवर्तनको पक्षमा छैनन् । यसले मिश्र अप्ठ्यारोमा परेका छन्

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo