भारतको तीन दिने भ्रमणका लागि प्रधानमन्त्रि शेरबहादुर देउवा भारत जाने भएका छन । आगामि चैत्र १८ गते प्रधानमन्त्रि देउवा भारत जाने तय भएको छ । गत माघमा भारतको गुजरात जाने कार्यक्रम रहेको भएतापनि कोभिड १९ को तेश्रो लहरका कारण प्रभावित भएपछि पछिल्लो तालिका तय गरिएको हो ।
प्रधानमन्त्रिपद सम्हालेपछि देउवा पहिलो पटक बिदेश भ्रमणमा भारत जानलागेका हुन । प्रधानमन्त्री देउवाको भ्रमण दुई मुलुकबीच चलिरहेको तनावपूर्ण अवस्थाको अन्त्यका लागी महत्वपूर्ण हुने आशा गरिएको छ ।

