KhabarUjyalo

हारेको नभई हराएको भन्दै डा. आरजु देउवा कैलाली क्षेत्र नम्बर ५ बाट फेरि चुनाव लड्ने

१० चैत्र २०७८, बिहीबार
हारेको नभई हराएको भन्दै डा. आरजु देउवा कैलाली क्षेत्र नम्बर ५ बाट फेरि चुनाव लड्ने

धनगढी : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएकी छन् । बिहीबार देउवा निवास धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. देउवाले पार्टीले टिकट दिए फेरि यहीँ क्षेत्रबाट चुनाव लड्ने बताएकी हुन् ।

नेतृ देउवाले आन्तरिक चुनावमा पार्टी भित्र सानातिना मनमुटाव हुनु सामान्य रहेको भन्दै आम चुनावमा ती मनमुटाव प्रकट नहुने बताइन् । ‘३६४ दिन काँग्रेस हुनेहरुले ३६५ औ दिनमा पनि काँग्रेसलाई भोट हाल्नु पर्छ ।’ उनले भनिन् ‘यो क्षेत्रमा जनता भिजिसकेकी छु,०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन ।’

पार्टीमा गठबन्धन बारे होमवर्क भईरहेको छ । गठबन्धन भएरै चुनाव जाने डा.देउवाले बताईन

काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दाबी गर्दे नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले् काँग्रेसलाई नै भोट दिनपर्ने बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo