काठमाडौं- नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेपाल विधार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेविसंघ र तरुण दलमा केन्द्रीय तदर्थ कार्यसमितिमा नेतृत्व चयन गरेका हुन्। तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गरिसक्नुपर्ने बताइएको छ।
कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो।


