KhabarUjyalo

स्थानीय आवश्यकताका आधारमा गठबन्धन : नैनसिंह महर

८ चैत्र २०७८, मंगलवार
स्थानीय आवश्यकताका आधारमा गठबन्धन : नैनसिंह महर

धनगढी : नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् ।

काँग्रेसको ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’अभियानको शुक्लाफाटा नगर कार्य समितिको आयोजित कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य महरले गठबन्धन गर्न नगर्ने भन्दा पनि पहिलो प्राथमिकता आन्तरिक एकताको आवश्यक रहेको बताएका हुन् । स्थानीय नेता, कार्यकर्ताको आवश्यकता अनुसार गठबन्धन हुने, नहुने बिषयमा पार्टीले टुंगो लगाउने बताए ।

काँग्रेसको घरघर अभियानमा जनताको उत्साहजनक सहभागीले रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताए ।

‘स्थिर सरकार,समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिएर दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३ बर्षको शासनकाल जनताका आखामा छारो हालेर कम्युनिष्ट नेताहरु अर्बौं रकमको भ्रष्टाचारमा लिप्त र सरकार रहदा काण्डैकाण्ड गरेको आरोप लगाए ।

काङ्ग्रेस पार्टीले जनताका माझमा गएर कम्युनिष्ट सरकारले दिएका आश्वासन र भ्रमलाई भण्डाफोर गर्दै काङ्ग्रेस पार्टीले लोकतन्त्र, समावेशीकरण र देश बिकासमा गरेका कामलाई जनतालाई सुचित गरेर काङ्ग्रेसप्रती आकर्षण गराउनु पर्ने बताए । पार्टीले यस जागरण अभियानका माध्यमबाट स्थानीय देखि केन्द्रका आवश्यकतालाई समेटर काङ्ग्रेस पार्टीको घोषणा पत्र तयार गरिने बताए ।

नेता महर मंगलबार कञ्चनपुर क्षेत्र नम्बर २ का विभिन्न कार्यक्रममा व्यस्त रहे ।

विभिन्न कार्यक्रममा माओवादी केन्द्र र एमाले पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरि काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo