KhabarUjyalo

काँग्रेसको घरघरको अभियान देखेर बालकोटमा केपी ओली छट्पटीएका छन् : केन्द्रिय सदस्य महर

७ चैत्र २०७८, सोमबार
काँग्रेसको घरघरको अभियान देखेर बालकोटमा केपी ओली छट्पटीएका छन् : केन्द्रिय सदस्य महर

धनगढी : नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले काँग्रेसको घरघर अभियानले बालकोटमा केपी शर्मा ओलीलाई छट्पटी भएको बताएका छन् ।

काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सिलसिलामा पुनर्वास नगर समितिको आयोजित कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य महरले काँग्रेसको अभियानमा नेपाली काँग्रेसप्रती जनलहरले बालकोटमा केपी शर्मा ओलीलाई छट्पटी भएको बताएका छन् । काङ्ग्रेसको रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता आगामी चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताएका हुन् ।

केन्द्रिय सदस्य महरले ‘स्थिर सरकार,समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिएर दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३ बर्षको शासनकाल जनताका भ्रष्टाचार, कुशासन र ब्यथितीबाट आजित भएका जनता रुख चिन्हमा भोट हाल्न आतुर रहेका छन् । काँग्रेसको घरघर अभियानमा जनताको अपार, स्नेह र माया देखिएको छ । जनताको जनलहर हामी उत्साहित भएका छौं,’

नेता महरले भने ‘काँग्रेसका प्रती जनताको आश जोगिएको छ। देशमा सबै परिवर्तनको आन्दोलन काँग्रेसको नेतृत्वमा सम्पन्न भएको र देश विकासको जिम्मेवारी पनि काँग्रेसले नै पूरा गर्ने छ। काँग्रेसको आन्तरिक मतभेदलाई छोडेर पार्टीलाई एक जुट भएर अगाडि बढ्नु पर्छ’

एमसीसीबारे कम्यूनिष्टहरुले जनतामाझ भ्रम छर्दै लगेको भन्दै उनले एमसिसी प्रक्रियामा सबै कम्युनिस्टहरु सरकार सहभागी अगाडि बढाएको अहिले एमसिसिबारे जनतामा भ्रम फैलाउदै गएका पनि बताए ।

पार्टिले नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानका लागि नेता महर कञ्चनपुर जिल्लामा खटाइएको थियो ।अहिले काँग्रेसका केन्द्रीय सदस्य महरले कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्र र एमाले पार्टीका सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरि काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo