धनगढी: डडेल्धुरा च्याम्बर अफ कमर्सले आगलागी भएको आलोक मल्टी कन्सर्न प्रा.लि. आर्थिक सहयोग गरेको छ ।
मंगलबार डडेल्धुरा च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र प्रसाद पनेरु र उपाध्यक्ष गणेश बहादुर बिष्टले संयुक्त रुपमा डडेल्धुरामा रहेको फर्निचरमा प्रालिका संचालक भोजराज भट्टकि श्रीमती लक्ष्मिदेवि भट्टलाई २२ हजार दुई सय २२ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
संस्थाको कोष नभएपनि संस्थाका कार्यसमितिबाट संकलित सहयोग हस्तान्तरण गरिएको डडेल्धुरा च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र प्रसाद पनेरु जानकारी दिए ।
केही दिन पहिले उद्योगलाई डडेल्धुरा हार्डवयेर व्यवसायी संघले पनि ३ लाख बढी आर्थिक सहयोग थियो भने जनस्तर र अन्य संघसंस्थाले सहयोग गर्दै आएका छन् । आगलागी भएको धनगढीमा रहेको आलोक मल्टी कन्सर्न प्राली संचालनमा ल्याउने तयारी हुदैछ ।