KhabarUjyalo

नेता वामदेव गौतमले ल्याए ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान’

३ चैत्र २०७७, मंगलवार
नेता वामदेव गौतमले ल्याए ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान’

काठमाडौं, ३ चैत । नेकपा एमालेका नेता वामदेव गौतमले आफ्नो अभियानको नाम फेरेर ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान’ बनाउनु भएको छ ।

यसअघि एमाले र माओवादी केन्द्र एकै हुँदा उहाँले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ राख्नु भएको थियो । तर सार्वाेच्च अदालले एकाले र माओवादी केन्द्रको एकतालाई बदर गरिदिएकाले नेता गौतमले आफ्नो एकता अभियानको नाम पनि परिवर्तन गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिपफरिस गरेपछि पार्टी विभाजनको संघारमा थियो । त्यसयता देखि नै नेता गौतमले कुनै पार्टीमा पक्षमा नलागि एकता अभियानमा लाग्नु भएको थियो ।

उहाँ अझै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष मिलेर नेकपा एकता जोगाउनु पर्ने बताउदै आउनु भएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo