धनगढी : कान्छी समाजसेवी प्रेन्सा रेग्मी कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत भएकी छन् ।
मंगलबार बिहान कर्ण सकारात्मक कोष सोच समुहका अध्यक्ष कर्ण शाक्यले प्रतिभाशाली बालिका प्रेन्सा रेग्मीलाई कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत गरेका हुन् ।
सामाजिक संजालमा एक स्टाटस राख्दै ‘कसको’ का अध्यक्ष शाक्यले प्रेन्सा रेग्मी एक असाधारण प्रभावशाली तीक्ष्ण बालिका । १२ बर्षको कलिलो उमेरमा नै उनले जतिल दर्शन लाई सुन्दर बिश्लेशण गरी सरल तरिकाले यथार्थको रूपमा प्रस्तुतीकरण गर्न सक्छिन। यसरी स्कुलका बिध्यार्थीहरू लाई बालीकाकै भाषा बाट सकारात्मक सोच श्रवण क ग्रहण गराउन पायो भने सोच अभियान धेरै प्रभावकारी हुन्छ भन्दै प्रेन्सा रेग्मीलाई कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत गर्न पाउँदा खुसी भएको बताएका छन् ।
कलिलो उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेकी पोखराकी ८ वर्षीया बालिका प्रेन्सा रेग्मी पोखरामा कोरोना महामारीबाट समाजलाई बचाउन मास्क, गरीब विद्यार्थीका लागि शैक्षिक सामाग्री, खाद्यान्न , लत्ताकपडा वितरण गर्दै आएकी प्रेन्सा फागुन ६ गतेदेखि बुक बैंक सञ्चालनमा ल्याएकी छन् ।