Khabar Ujyalo

‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन’ : नेतृ झाक्री

२ चैत्र २०७७, सोमबार
‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन’ : नेतृ झाक्री

धनगढी : नेकपा एमालेकि नेतृ रामकुमारी झाक्रीले नेकपा एमाले एउटै हुने सम्भावना नभएको बताएकी छन् ।

सोमबार राती फेसबुकमा एक स्टाटस लेख्दै उनले भनिन् -“आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन। षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ। नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अबस्था हो। त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्दछ।”

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.