KhabarUjyalo

अछामका सिडियो मल्लले अछामलाई आसाम र अच्छाम लेखेपछि..

२ चैत्र २०७७, सोमबार
अछामका सिडियो मल्लले अछामलाई आसाम र अच्छाम लेखेपछि..

अछाम : अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल विवादमा तानिएका छन् । धादिङको सहायक प्रमुख जिल्ला रहेका मल्ल हाल मात्रै अछामको प्रमुख जिल्ला अधिकारी बनेर आएका छन।

मल्लले अहिले सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर अछामको नाम बिगारेर अछामलाई आसाम र अच्छाम लेखेको भन्दै उनको चौतर्फी बिरोध हुन थालेको छ।                                         
मल्लले प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बसेर आज बाट अच्छाममा कार्यबार समालियो भनेर पहिलो पोष्ट लेखेका छन ।

यस्तै उनले अर्को पोष्टमा जिल्लाको पञ्चदेवल, मध्यपहाडी राजमार्ग अन्तरगत कर्णाली पुल लगायतका ठाउँका फोटो राख्दै (Interaction & monitoring in Assam) अनुगमन र अन्तरक्रिया कार्यक्रम आसाम भनेर लेखेका छन ।       

यस बारेमा प्रजिअ मल्ललाई सोध्धा केही प्रवाधिक कारणले गलत भएको र आफुले पोष्ट हटाईसकेको र क्षमायन गरिसकेको बताए ।          

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo