हरियो बन नेपालको धन । तर पछिल्लो समय यही धनमाथिको आक्रमण बढ्दो छ । डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुडामा काठ तस्करी मौलाएको छ । परशुराम नगरपालिका–३ को समैजी सामुदायिक वनमा सालका रुख सुकाउन रिङ गरिएको छ ।
सालका रुख सुकाउन रुखका चारैतिर बाट बोक्रा निकालि रिङ लगाईएको छ । सामुदायिक वनका अध्यक्ष पदाधिकारिहरुले २७ वटा रुखमा रिङ लगाईएको देखिएको छ ।
कुनै समय नेपालको धनकोरुपमा चिनिएको नेपालमा वन जंगलको विनाश तीब्र बन्दै गरेको छ । मुुलुकका वन जंगल तस्करीका कारण मासिदै गर्दा डडेल्धुराको भित्री मधेश जोगबुडामा पनि काठ तस्करी फेरी मौलाएको छ ।
यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ । सालका रुखमा रिङ लगाईएको बारे जोगबुडामै रहेको परशुराम सव डिभिजन वन कार्यालयमा बारम्बार खबर गर्दा समेत कुनै सुनुवाई नै नगरिएको उनीहरु बताउँछन् ।
काठ तस्करीमा मौलाउँनुमा वनका कर्मचारिहरुको समेत मिलेमतो रहेकोस्थानियको आशंका छ । यो क्षेत्रको जोगबुडा, आलिताल क्षेत्रका वनमा सडक निर्माण गर्ने बहानामा समेत २०६५÷२०६६ साल यता ठुलो परिणाममा सालको काठ तस्कर हुदै आएको छ । तर, एक घटना सेलाउन नपाउदै अर्काे काठ तस्करीको घटना बाहिर आउँने गरेको स्थानीय बताउँछन् ।
यति मात्र होईन यसअघि काटिएका त्यस बखत काटिएको सालको काठ अहिले सम्म पनि निकासि हुन सकेको छैन । अख्तियारको मुद्दा संगै करिब ४० हजार क्युफिट काठ थन्किएको थियो ।
आरोपीहरु जेल सजाय तोकिएपछि प्रक्रिया पु-याई आधा बढी काठ निकासी गरिए पनि फरार रहेका अरोपीका कारण प्रक्रिया मिलान हुन नसक्दा ठुलो परिणाममा सालको काठ जंगलमै थन्किएको जिल्ला वन कार्यालको भनाई छ ।