२० मंसिर २०७९, मंगलवार

‘भिम रावल होईन,एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज म हुँ’ : लेखराज भट्ट

१ चैत्र २०७७, आईतवार
‘भिम रावल होईन,एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज म हुँ’ : लेखराज भट्ट

धनगढी : उद्योग,बाणिज्य मन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्ज आफू भएको बताएका छन् । आइतबार एक टेलिभिजनमा अन्तर्वार्ता दिदै मन्त्री भट्टले भने ‘भिम रावल होईन,एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज म हुँ।’

पहिले भिम रावल भएपनी अहिले आफू रहेको बताएका हुन् ।

सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले माओवादीबाट आएका लेखराज भट्टलाई शुक्रबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेका थिए । 

नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउदै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेशको इन्चार्ज भिम रावलनै रहेको बताएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo