काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूह चैत ७ गते गते बोलाइएको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए स्वाभाविक रुपमा कदम चालिने बताएका छन् । यद्यपी उनले कस्तो कदम चालिने भन्नेबारे स्पष्ट कुरा राखेनन् ।
‘त्यो मैले चाल्ने कदम होइन, केन्द्रीय समितिले जे भन्छ त्यही अनुसार हुन्छ । उहाँ आउनु भएन भने गलय हुनुहुन्छ’, के नेपाल समूहलाई बैठकमा सहभागी नभए कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा ओलीले भने ।
आइतबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले बाहिरबाहिर चर्को कुरा गरेर हिँडेर केही नहुने भन्दै केही कुरा भए केन्द्रीय समिति बैठकमा आएर छलफल गर्न सकिने बताए । तर यसबीचमा नेपाल समूहले गरेका गल्तीहरु महसुश गर्नुपर्ने पनि प्रधानमन्त्रीले बताए ।