KhabarUjyalo

बालुवाटारमा ओलीकाे मङ्गलवार बिहान चियापानको आयाेजना, नेपाल–खनाललाई पनि निम्ताे

१ चैत्र २०७७, आईतवार
बालुवाटारमा ओलीकाे मङ्गलवार बिहान   चियापानको आयाेजना, नेपाल–खनाललाई पनि निम्ताे

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले यही मङ्गलवार चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

मङ्गलवार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो । चियापानमा सहभागी हुन एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई मोबाइलमा एसएमएस गरी निम्तो पठाइएको छ ।

झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि चियापानमा निम्तो गरिएको छ । यसअघि खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

गएकाे फागुन २३ गते सर्वाेच्च अदालतले ओली प्रचण्डकाे नेकपाकाे आधिकारिकता खारेज गर्दै एकताअघिकाे अवस्था पुगेकाे फैसला गरेकाे थियाे । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo