२१ मंसिर २०७९, बुधबार

काजकिस्तानमा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

१ चैत्र २०७७, आईतवार
काजकिस्तानमा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

एजेन्सी । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ ।

काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ ।

आगलागी नियन्त्रण गर्ने क्रममा दुईजना यात्रुको सकुशल उद्दार गरिएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo