१९ असार २०७९, आईतवार

१४ बर्षिया बालिकाले बयान फेरिन्, घरपरिवारको डरले अपहरण गरी बलात्कार गरेको नाटक

१ चैत्र २०७७, आईतवार
[Sassy_Social_Share]
१४ बर्षिया बालिकाले बयान फेरिन्, घरपरिवारको डरले अपहरण गरी बलात्कार गरेको नाटक

धनगढी : कञ्चनपुरको दक्षिणी क्षेत्र अन्र्तगत पुनर्वासमा नगरपालिका २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्धारा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्ने खबर झुटो सावित भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।  १४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफु अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् । प्रहरीको सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो ” बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् । घटना केरकारका क्रममा उनले आफु कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छन् ।  घरफर्किदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झुटो बोलेको बयान गरिन् ।

 उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमी संग कुराकानी मात्रै गरेको बताएकी छिन् । स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।झुटको कहानी लामो भएको बताउदैं प्रहरी निरीक्षक बिष्टले बालिका यस अघी पनी उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।  बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । 

बालिकाका प्रेमी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । अनुसन्धानका लागि प्रेमी प्रहरीको नियन्त्रणमा छन् ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo