काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । शनिवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्नका लागि नभएको बताएका हुन् ।
आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको भन्दै अध्यक्ष दाहालले अहिलेको लडाइँ सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि भएको भएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले विचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने बताए