Khabar Ujyalo

अब फेसबुकमा भिडियो राखेर यसरी पैसा कमाउनु होस् !

२९ फाल्गुन २०७७, शनिबार
अब फेसबुकमा भिडियो राखेर यसरी पैसा कमाउनु होस् !

काठमाडौं । सामाजिक सञ्जालको लोकप्रियता वर्षेनि बढिरहेको छ । यीमध्ये फेसबुक आजको समयमा सबैभन्दा लोकप्रिय छ । विश्वभर यसको अढाई अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । फेसबुक तपाईंको जीवनको सुन्दर पल बाँकी विश्वसमक्ष साझा गर्ने ठाउँ मात्र होइन । सक्नेले यहाँ पैसा पनि कमाउँछन् । 

फेसबुकबाट पैसा कमाउने धेरै तरिका छन् । जस्ताे फेसबुक मार्केटप्लेस प्रयाेग गरेर व्यापारी वा एजेन्टले निरन्तर पैसा कमाइरहेका छन् । कतिपयले पेज भ्यू र लाइक्सबाटपैसा कमाइरहेका छन् भने विभिन्न कन्टेस्ट, क्राउड फन्डिङ, लाइभ भिडियाे, बग बाउन्टी, इन्स्ट्यान्ट आर्टिकल लगायतबाट पनि पैसा कमाउन सकिन्छ ।

यसैबीच फेसबुकले हालै भिडियाे क्रिएटरका लागि माेनिटाइजेशनकाे नयाँ विकल्प ल्याएकाे घाेषणा गरेकाे छ । याे नयाँ घाेषणा शर्ट भिडियाे क्लिपसँग लक्षित छ । फेसबुकले टिकटकलाई चुनाैती दिन छाेटाे भिडियोमा विज्ञापन गर्ने याेजना ल्याएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

कम्पनीका अनुसार अब एक मिनेटको भिडियोमा समेत विज्ञापन गरिने छ । यसअघि विज्ञापनका लागि भिडियो कम्तीमा पनि तीन मिनेटको हुनुपर्ने प्रावधान रहेको थियो ।

यसका साथै कम्पनीले पपुलर क्रिएटर, जसले लाइभ भिडियो रेकर्ड गर्ने तथा छोटा भिडियो हाल्ने गरेका छन, उनीहरुलाई पनि समेट्ने गरी भिडियोको मापदण्डमा समेत परिवर्तन गरेको छ ।

‘हामी अझ धेरै कन्टेन्टलाई मनिटाइज गर्न चाहन्छौ,’ फेसबुकले भनेको छ, ‘अहिलको समयमा शर्ट भिडियो सबैभन्दा रुचाइएको छ । त्यसैले हामीले शर्ट भिडियोमा पनि विज्ञापन रन गर्ने तयारी गरेका हौं ।’

फेसबुकको नयाँ नीतिले शर्ट भिडियो प्लेटफर्मका रुपमा रहेको टिकटक, स्न्याप इंक जस्ता कम्पनीका लागि भने चुनौतीको विषय हुने उल्लेख गरिएको छ । किनभने यस्ता प्लेटफर्मले क्रिएटरलाई हालसम्म पैसा उपलब्ध गराउने गरेको छैन ।

तर, फेसबुकले यस्तो भिडियोमा गरिने विज्ञापनबाट आएको आम्दानीको ४५ प्रतिशत आफूले राख्ने गरेको छ भने बाँकी रहेको रकम क्रिएटरलाई उपलब्ध गराउने गरेको छ ।

यतिसम्म कि फेसबुकले कतिपय क्रिएटरको हकमा फेसबुक स्टोरीमा राखिएको भिडियोमा समेत पैसा उपलब्ध गराउने जनाइएको छ । त्यसका लागि कम्पनीले त्यस्ता स्टोरीमा राखिएको भिडियोको माथि विज्ञापन दिने जनाएको छ ।टचपानाबाट

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.