धनगढी : बलात्कारपछि गर्भवती रहेकी १३ बर्षिया बालिकाको न्यायको माग गर्दै स्थानीयले अत्तरिया-धनगढी छ लेन सडक खण्डको गेटामा पौने घण्टा चक्काजाम गरेका छन् ।
गोदावरी नगरपालिका ५ कि १३ बर्षिया बालिका बलात्कारपछि गर्भवती रहेको बच्चालाई के गर्ने बिषयमा स्थानीयले बिरोध गरेका हुन् ।
अदालत बालिकाको पेटमा रहेको बच्चा बारे फैसला गर्न ढिलो गरेको र प्रहरी प्रशासनले दोषीलाई कार्वाहीका लागी केहि नगरेको त्यसका लागि दवाब दिन चक्काजाम गरेको स्थानीयले बताएका छन् ।