KhabarUjyalo

नेपाल टेलिभिजनमा शनिबारदेखि दोहोरी प्रतियोगिता

२९ फाल्गुन २०७७, शनिबार
नेपाल टेलिभिजनमा शनिबारदेखि दोहोरी प्रतियोगिता

नेपाल टेलिभिजनले शनिबारदेखि नेपाली लोक संस्कृतिसम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा–सो प्रसारण गर्ने भएको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियलिटी मेगा–सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ । सो मेगा–सो शनिबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहँुदै नेपाली कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि नेपाल टेलिभिजनले सुरु गरेको कार्यक्रम महìवपूर्ण अभियानको रूपमा रहेको बताउनुभयो ।
उहाँले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिनुभयो ।
सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–सो सुरु गरिएको बताउँदै यस कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनुका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वास ब्यक्त गर्नुभयो ।
दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहनुभएको छ भने निर्णायकहरूमा प्रजापति पराजुली, रमेश बीजी, सीता थापा र चन्द्र शर्मा रहनुभएको छ ।
कुल ३५ लाख रुपियाँ राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने गायक समूहले क्रमशः २० लाख, १० लाख, तीन लाख र दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo