धनगढी : धनगढीमा माओवादी केन्द्रको प्रादेशिक र जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ। शुक्रबार धनगढी चौराहमा पार्टीको प्रादेशिक र जिल्ला कार्यालय केन्द्रिय सदस्य नेप बहादुर चौधरीले उद्घाटन गरेका हुन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्र आ-आफ्नै कार्यालय खोल्न थालेका छन् ।