२४ मंसिर २०७९, शनिबार

गायक सुरज पण्डितको ‘रेलको बाटो’ गितको म्युजिक भिडियो सार्वजनिक

२८ फाल्गुन २०७७, शुक्रबार
गायक सुरज पण्डितको ‘रेलको बाटो’ गितको म्युजिक भिडियो सार्वजनिक

धनगढी : गायक सुरज पण्डितले ‘रेलको बाटो’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितको शब्द लेखराज गिरी,संगीत सुरज पण्डित,एरेन्ज कमल सौराग  र मिक्सिङ्ग कुमार रानाले गरेका छन्  । उत्त म्युजिक भिडियोमा कलाकार  जिवि चुनार,सरस्वती खत्री  र लक्ष्मन देवकोटा रहेका छन्  ।

दुर्गम क्षेत्र हुम्लामा मोटर बाटो नहुदा मानिसले खेप्नु परेको समस्या र राज्यले बिकासमा गरेको विभेदलाई दर्शाएको छ । शहरमा जस्तै गाउँमा कहिले बिकास होला ? बिकास हेर्ने पर्खाईमा रहेका छौं भनेको छ । राजनैतिक नेतृत्वले गरिबले भोगेका दु:ख समस्या भन्दा आफ्ना स्वार्थलाई प्राथमिकता दिदै आएका घटनालाई समेटिएको छ।गीतको म्युजिक भिडियोमा दुर्गम जिल्ला हुम्लाका पिडा रहेका छन् ।

म्युजिक भिडियोको छायांकन ट्राभलर अविनाश, रेशमराज रोकाया,दाने बोहरा, हरिश महराले गरेका छन् ।सम्पादन पदम सुवेदीले गरेका छन् भने निर्देशन लक्ष्मन सुनारले गरेका छन् । म्युजिक भिडियो आहा टिभिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo