२२ असार २०७९, बुधबार

कैलालीमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ गोलिया काठ बरामद

२८ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
कैलालीमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ गोलिया काठ बरामद

धनगढी : कैलालीमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ गोलिया काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. लठ्ठाँघाटबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नं ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा रहेको (६८ दशमलव ०६ क्विफिट) को ६ गोलिया सालको काठ  र से १ त १७१८ नंम्बरको ट्याक्टर समेत बरामद गरेको हो। । 

बरामद गरिएको काठ १ लाख रुपैयाँ र ट्याक्टर  ५ लाख रुपैयाँ गरेर कुल ६ लाखको हुन आउने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । 

आवश्यक कार्बाहीको लागी सो काठ र ट्याक्टर सव डिभिजन बन कार्यालय बसन्तामा बुझाएको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo