KhabarUjyalo

कञ्चनपुरकी स्मृति तस्वीरमा खोज्दै किशोरीहरुका न्यायका आवाज !

२७ फाल्गुन २०७७, बिहीबार
कञ्चनपुरकी स्मृति तस्वीरमा खोज्दै किशोरीहरुका न्यायका आवाज  !

धनगढी/डि आर पनेरु : चित्रकला केवल चित्रमा सिमित नभएर यसले बलात्कार,सामाजिक असमानता, गरिबी, राजनीतिक दमन र विद्रोहको समेत प्रतिनिधित्वको गर्ने गर्दछ । कञ्चनपुरको वेदकोट नगरपालिका  ३ दैजि कि स्मृति पाण्डेय पनि बलात्कार,एसिड आक्रमण, समाजमा अन्याय परेकाका किशोरीलाई चित्रमा जोडछिन् र ति अन्यायमा परेकी किशोरीको न्यायका लागि चित्रमार्फत न्यायको खोजि गरछिन् । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोस्रो सेमिस्टरमा अध्ययनरत स्मृति सानैमा कागजमा चित्र कोर्ने गर्ने गरेपनि लकडाउनको समयमा आफ्नो कला चिन्न सकिन् र अरुलाई चिनाउन सफल भईन ।

कोरोना महामारी रोकथाम गर्न सरकारले देशभर लकडाउन लगायो । शैक्षिक संस्था,व्यापार अन्य क्षेत्र ठप्प भयो । त्यहि समय स्मृतिले घरमा बसेर चित्र कोर्न थालिन र नयाँ किसिमका चित्र खोज्ने क्रममा युट्युवका सायता लिएर चित्र कोर्ने नयाँ तरिका सिकिन् । उनले कागजमा नयाँ नयाँ डिजाइनका पेन्टिङ गर्न थालिन् । पेन्टिङमा राम्रो भएपछि फेसपेन्टिङ गर्न थालिने त्यहि क्रममा उनको मनमा छोयो किशोरीमाथि भएको फेस एसिड आक्रमणले,उनले उतारिन् किशोरीमाथि भएको फेस एसिड फेस पेन्टिङमा । युथ भ्वाइसमा समेतमा आवद्ध रहेकी स्मृति समाजमा प्रेरणा र जनचेतनामूलक तस्विरबाट समाजमा जनचेतना जगाउन चाहान्छिन् ।

बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको न्यायका लागि थुपै्र आन्दोलन भए उनले पिपलको पातमा न्याय खै? भनेर निर्मलाको आकृति उतारेर लिफ आर्ट बनाउ थालिन् । बलात्कारमा परेकी किशोरीहरुको सांकेतिक तस्विर आफ्नै फेसमा फेसपेन्टिङ गर्ने गरेकी उनले बताईन् ।

लिफ आर्ट संगसँगै स्केच बनाउने,नयाँ नयाँ डिजाइनकन मण्डला बनाउन थालेकी छन् । उनले अहिलेसम्म करिब ५० बटा बनाइसकेको र लिफ आर्ट,फेसपेन्टिङ,मण्डला र स्केच बनाइदिन भनि घरमै आउने गरेको स्मृति पाण्डेयले बताईन् । खासै बेच्ने गरि बनाएको छैन तर लिफ आर्टको फ्रेमसहित एक हजार पाच सय पर्ने र मण्डलाको तीनदेखि चार हजारसम्म पर्ने उनले बताइन् । घरपरिवारमा आमाबुबा,अंकलको साथ सहयोगले चित्रकलामा लागेकी छु । पढाईसङ्गसङ्गै चित्रकलालाई अगाडि बढाउने सोछ रहेको उनले बताईन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo