KhabarUjyalo

हरेस नखाएका भोज,व्यवसाय यात्रामा आगलागिका दुई चोट !

२६ फाल्गुन २०७७, बुधबार
हरेस नखाएका भोज,व्यवसाय यात्रामा आगलागिका दुई चोट !

धनगढी/डि आर पनेरू । वि.स. २०५७ सालमा डडेल्धुरामा पत्रपत्रिकाको व्यवसायबाट व्यवसाय यात्रा सुरु गरेका युवा व्यवसाय भोजराज भट्ट वि.स.२०७८ सालको सुरवातिसम्म पत्रपत्रिकाको व्यवसाय हुदै पुस्तक तथा स्टेशनरी पसल,फर्निचर पसल र आधुनिक फर्निचर उद्योगसम्मको व्यवसायको थालनि गरे । तर धनगढीमा करोडौँ लगानिमा संचालानमा आउन एक साता बाँकि रहेको आलोक मल्टि कन्सर्न प्रालिमा फाल्गुन २२ गते आगलागिले उद्योगमा पुर्णरुपमा क्षति भयो ।

डडेल्धुरा गन्यापधुरा १ का भोज भट्ट पत्रिकामा काम गर्दा गर्दै डडेल्धुराको सदरमुकाम बागबजारमा कान्तिपुर पत्रिकाको डिलर लिएर २०५७ सालमा पत्रपत्रिका व्यवसाय सुरु गरे । पत्रपत्रिकाको व्यवसायलाई बिस्तार गरेर उनले केहि बर्षमा तारा पुञ्ज स्टेशनरी पसल संचालन गरे । विस्तार गरेको सो व्यवसायले सेवाग्राही बढन थाले । १७ बर्ष डडेल्धुरामा तारा पुञ्ज स्टेशनरी पसल संचालन गरे उत्त व्यवसायले परिचित पनि बनायो । उद्योग बाणिज्य संघ डडेल्धराको साधारण सदस्य हुदै कार्यसमिति सदस्य,महमसचिव,वरिष्ट उपाध्यक्ष रहेर उद्योग बाणिज्य संघ डडेल्धुराको कार्यसमितिमा करिब १२ बर्ष काम गरे । उनि उद्योग बाणिज्य संघ डडेल्धुराको अध्यक्षको निर्वाचनमा समेत उम्मेदवार दिएका थिए ।

१७ बर्ष डडेल्धुरामा तारा पुञ्ज स्टेशनरी पसल संचालनको क्रममा २०६४ सालमा पसलमा आगलागि भयो । आगलागि हुदा झण्डै १३ लाखको नोक्सान भयो । नजिकै पसलबाट सुरु भएको आगलागिले पुस्तक तथा स्टेशनरी पसल जलेको थियो । पसललाई छोडनु हुन्न निरन्तरता दिनु पर्छ र आफ्न्त,शुभेच्छुकको हौसल्ला,सहयोगले केहि समयमै पुस्तक तथा स्टेशनरी संचालनमा ल्याए । पहिलेकै अवस्थामा पु¥याएर निरन्तरता दिएर सेवाग्राहिलाई सेवा दिन थाले ।

सेवाग्राहिको सहयोग साथले उनले ५ बर्ष अघिदेखि डडेल्धुरामा तारा पुञ्ज फर्निचर उद्योग संचालन ल्याए । डडेल्धुरामा शिखर पलाईको डिलर लिएर सुरु गरेको फर्निचर पसल अहिले फर्निचर निमार्ण सम्बन्धि सामाग्री आयात र केहि उत्पादन गरेर डडेल्धुरा हुदै अन्य पहाडि जिल्लामा बिक्रिबितरण गर्दै आएका छन् । पहाडि जिल्लालाई लक्षित गरेर निम्न मध्यम लागतका फर्निचरहरुको सेवा दिदै आएका भोज मध्य र उच्च ग्राहक वर्गलाई अत्याधुनिक फर्निचर, इन्टरर होम डेकोरेसन र होम फिनिसिङसमेत सेवा दिने गरि सोरुम खोल्नु पर्छ भनेर पदम भण्डारी र अर्का साथिसंग सरसल्लाह गर्नु भयो र धनगढीमा संचालन गर्न भनेर धनगढीमा झरेका थिए । त्यही क्रममा ८ महिना अघि धनगढीको चटकपुरस्थित सिपि अस्पताल नजिकैको जग्गा भाडामा लिएर भवन निर्माण गरे । सुदूरपश्चिम प्रदेशको व्यापारिक क्षेत्रको हव भनेर चिनिएको धनगढीमै मध्य र उच्च वर्गले अपेक्षा गरेका गुणस्तरिय र अत्याधुनिक फर्निचर,होम डेकोरेसन,किचन लगायतका फिनिसिङका समान उत्पादन गरेर र केहि बिदेशी कम्पनिका फर्निचर,होम डेकोरेसन,किचन लगायतका फिनिसिङका समान ल्याएर केहि समयमा आलोक मल्टि कन्सर्न प्रालि संचालनमा आउने तयारी रहेका बेला आगलागि हुदाँ करोडौँको क्षति भएको आलोक मल्टि कन्सर्न प्रालिका संचालक भट्टले बताए । ‘करिब एक महिनामा आलोक मल्टि कन्सर्न प्रालिमा आएका व्यतिmले धेरै राम्रो रहेको र यस क्षेत्रमा नयाँ सोचको व्यवसाय भएको भन्दै धन्यवाद दिदै आएका थिए,यसलाई फाल्गुनमै संचालनमा ल्याउनु पर्छ भनेर आफु समान ल्याउन दिल्ली गए ।’उनले भने–‘फाल्गुन गते दिउसो यताबाट फोन आयो । आगलागि भयो भन्यो आफुले सामान्य आगो लागेको होला भनेर सोचे, जब मिडियामा आगलागि भएको देखे, अचम्म र एकदम अप्त्यारिलो लाग्यो,सारै नर्मस भए,यस्तो होला भनेर पनि सोचेका थियनौं ।’

ह्युमानिटी फाउण्डेसन नेपालले सहयोग गर्न ईच्छुक व्यक्तिहरुलाई आलोक मल्टि ट्रेड कन्सर्न प्रालिका नाममा धनगढीको प्रभु बैंकमा रहेको खाता नम्बर ०३००१५१०१५४०००१५ मा सहयोग रकम जम्मा गर्न अभियान थालेका छन् । ह्युमानिटी फाउण्डेसन नेपालको पहल नौ लाख ११ हजार जनस्तरबाटै सहयोग जुटाएर हस्तान्तरण गरिसकेको छ र सहयोगको लागी अपिल गरेको छ । यस्तै कैलाली उद्योग बाणिज्य संघ कैलालीले विपद व्यवस्थापन कोष धनगढीमा रहेको ग्लोबल आइएमइ बैकंको खाता नम्बर २४०१०१०००००४४ मा रकम जम्मा गरेर सहयोग गर्न अपिल गरेको छ । कैलाली उद्योग बाणिज्य संघ कैलालीले एक लाख एघार हजार एक सय एघार सहयोग गरिसकेको छ ।

भोजराज भट्टले फेसबुकमा स्टाटस लेख्दै–‘उद्घाटन हुन नपाउदै नयाँ सोच र फरक सेवा दिने गरि धनगढीमा खोलेको इन्टेरियर कम्पनी आलोक मल्टी कन्सर्न पुर्ण रुपमा जलेर ध्वस्त भएको पिडाबाट ग्रसित भएको बखत हामीलाई सान्त्वना दिनुहुने परिवारजन , शुबेक्छुक , सहयोग संकलनलाई अभियानकै रुपमा अगाडी बढाईदिने साथीहरू , पत्रकार , ब्याबसायीहरु , उद्योग बाणिज्य संघ , बित्तीय संस्थान र अग्नी नियन्त्रणमा खटिएका सुरक्षाकर्मी र दमकल प्राबिधिकहरु लगायत हौसला दिनुहुने सम्पूर्ण शुभचिन्तकहरु प्रती आभार व्यक्त गर्न चाहन्छु !’ केहि महिनामा सेवाग्राहिलाई सेवा दिन आउने प्रयासमा रहेको पनि जानकारि दिएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo