म्यानमारको प्रदर्शनमा हतियारधारी प्रहरीसामू एक ननले घुँडा टेकेको तस्वीरले अहिले संसारभरि चर्चा पाइरहेको छ।
सोमबार मित्यिनाको एक शहरमा ४५ वर्षीया क्याथोलिक नन एन रोज नु ट्वाङले प्रदर्शनकारीहरूको भीडमा गोली हान्नुभन्दा बरू आफैंलाई मारिदेउ भन्दै प्रहरीसामू घुँडा टेकेको तस्वीर अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा चर्चित भएको हो।
उनले दुबै हात फिजाएर बच्चालाई छाडिदिनू बरू मलाई मार्नु भन्दै घुँडा टेकेर बिन्ती गरेकी छन्। उनको यस्तो आग्रह पछि दुई जना प्रहरीले पनि घुँडा टेकेर हात जोडेको तस्बिरमा देखिन्छ।
‘मैले घुँडा टेकें… उनीहरूलाई गोली नहान्नु र यातना नदिनू भनेर बिन्ती गरेँ, बरू मलाई गोली हान्नु र मार्नु,’ उनले भनिन्।
