KhabarUjyalo

१८ बर्षे दमनसिंहलाई लकडाउनले जुरायो युट्युवले सिकायो,सटरमै चप्पल उद्योग !

२५ फाल्गुन २०७७, मंगलवार
१८ बर्षे दमनसिंहलाई लकडाउनले जुरायो युट्युवले सिकायो,सटरमै चप्पल उद्योग !

धनगढी : सन् २०१९ बिश्वभर फैलिएको कोरोना महामारीले ब्यापारीको व्यापार ठप्प रह्यो,धेरैको रोजगार गुम्यो । तर त्यही लकडाउनले धेरैलाई सानो ठूलो भए पनि उद्यमि बनाएको पनि छ ।

बैतडीको पाटन नगरपालिकाका ६ का १८ बर्षका दमनसिंह बिष्ट पनि त्यही लकडाउनले सानोतिनो चप्पल उद्योग भएपनी मालिक बन्न पुगेका छन् । डेढ बर्ष अघि कक्षा ८ पढ्दै गर्दा साथी लहिलहीमा र इन्डिया घुम्न भनी आफ्न्त साथीभाईसङ्ग ब्यङ्ग्लोर हिडे । उनले होटलमा जागिर पाए । जागिर गर्न थाले । पहिलो चोटि इन्डिया गएका उनी होटलको जागिरमा रमाएकै थिए र सानो तिनो कमाई बनेकै थियो । इन्डियामा काम गरेको ६ महिना पुगेको के थियो ? भारतमा सुरु हुन थाल्यो कोरोना महामारी । भारतमा तिव्र रुप कोरोना बढ्न थालेपछि रोजगारका लागि भारत गएका नेपानीहरु धमाधम स्वदेश फर्कन लागे । उनी पनि कोरोना महामारीका कारण स्वदेश फर्किए ।

उनी फर्किएका केहिसमयपछि नेपाल पनि फैलिन थाल्यो कोरोना महामारी । सरकारले कोरोना रोकथामका लागि देशभर लकडाउन लगायो । लामो समय लकडाउन भएपछि धेरैलाई कसरी जिविकोपार्जन गर्न भनेर चिन्ताले पिरोल्न थाल्यो । बिष्टको घरमा पनि के गर्ने भनेर सरसल्लाह हुन थाल्यो । देशभर कोरोनाको महामारी सामान्य गएपछि ८ कक्षा मै पढाइ छोडेका भाईलाई केही स्वदेशमै काम गराउनु पर्छ भनेर काठमाडौमा सरकारी काम गर्दै गरेका दिपले योजना बनाए सादा चप्पल बनाउने यतैको बजारमा बिक्री गर्ने । भाईलाई त्यो योजना त सुनाए तर चप्पल कसरी बनाउन्छ्न भनेर केहि थाहा नपाएका भाइलाई अनौठो लाग्यो । उनले मोबाइलमा डाटा लिएर युट्युवमा खोज्न थाले सादा चप्पल कसरी बनाउन्छ्न भनेर । युट्युवमा चप्पल बनाउने तरिका भेटे । युट्युवबाटै चप्पल उद्योग संचालनका लागि आवस्यक मेसिन कहाँ र के कति खर्च लाग्छ भनेर उनले खोजी गरे ।

भारतको एक कम्पनी भेटाए । भारतमा गएर मेसिन किनेर धनगढीको बोराडाडीमा एक सटर र एक रुम लिएर चार महिना अघि करिव ४ लाखमा दिप चप्पल उद्योग संचालनमा ल्याएका छन् । ‘लामो लकडाउनले घरमा अब के गर्ने भनेर सरसल्लाह भयो,दाईले चप्पल उद्योग गर्ने यतैको बजारमा बिक्री गर्ने भन्नु भयो’ उनले भने-‘कसरी चप्पल बनाउने भनेर युट्युवमा सर्च गरे,युट्युवबाट चप्पल बनाउने बारे थाहा पाए र युट्युवबाटै चप्पल बनाउन सिके’

अहिले उद्योगमा उनी र उनका बुबा खटिएका छन् ।  दैनिक १ सय जोडा जुत्ता,चप्पल उत्पादन गर्छन । उत्पादन गरेका जुत्ता चप्पल पहाडी जिल्ला बिक्री बितरण गर्ने गरेको संचालक बिष्टले बताए । बजारमा ग्राहकहरु राम्रो प्रतिक्रिया दिएको र दैनिक उत्पादनको मात्रालाई बढाउने सोच रहेको बताए ।

संचालनमा आएको उत्त चप्पल उद्योगबाट दमनसिंहले लेडिज,जेन्स र बच्चाहरुका लागि जुत्ता चप्पल उत्पादन गर्छन् । बजार मूल्य १३० देखि १५० सम्मका रहेको संचालक दमनसिंहले बताए । होल्सेल व्यापार गर्न चाहनेका लागि सम्पर्क नम्बर ९७४२८४०८५०,९८४८८९४८४ र ९८१२७३१८३ रहेको पनि बताए  ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo