KhabarUjyalo

प्रचण्ड-नेपाललाई अपराधी भन्दै थापाले फेसबुकमा लेखे-“अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,”

२५ फाल्गुन २०७७, मंगलवार
प्रचण्ड-नेपाललाई अपराधी भन्दै थापाले फेसबुकमा लेखे-“अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् । आज मंगलवार विहानै फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले दाहाल–नेपाल पक्षका नेताहरुलाई अपराधी भन्दै व्यंग्य गरेका हुन् ।

दाहाल–नेपाल समूहले आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेकोप्रति इंगित गर्दै थापाले पार्टी अध्यक्ष ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निश्कासन गरेको घोषणा गर्नेहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कटाक्ष गरेका छन् ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,” थापाले फेसबुकमा लेखेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo