Khabar Ujyalo

कलकत्तामा १३ तले भवनमा आगलागीमा परी ९ जनाको मृत्यु

२५ फाल्गुन २०७७, मंगलवार
कलकत्तामा १३ तले भवनमा आगलागीमा परी ९ जनाको मृत्यु

भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको छ। आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।

मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको  टाइम्स अफ इन्डियाले जनाएको छ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.