१८ मंसिर २०७९, आईतवार

शिवरात्रीको अवसरमा अत्तरियामा फागुन २७ गते सांस्कृतिक कार्यक्रमको आयोजना

२४ फाल्गुन २०७७, सोमबार
शिवरात्रीको अवसरमा अत्तरियामा फागुन २७ गते सांस्कृतिक कार्यक्रमको आयोजना

धनगढी : कैलालीको अत्तरियामा फागुन २७ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिडिभिएल क्रियसनले शिवरात्रीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो ।

थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कला संस्कृतिको संरक्षण संगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उनले थ्रिडिभिएल क्रियसन यसअघि पनि विभिन्न सामाजिक काममा सक्रिय भएर लागेको भएपनि संस्था आधिकारीक रुपमा दर्ता भएपछि भने पहिलो कार्यक्रम आयोजना गर्न लागेको बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo