Khabar Ujyalo

खड्का परिवारद्वारा आगलागी भएको आलोक मल्टी कन्सर्नलाई एक लाख ११ हजार सहयोग

२४ फाल्गुन २०७७, सोमबार
खड्का परिवारद्वारा आगलागी भएको आलोक मल्टी कन्सर्नलाई एक लाख ११ हजार सहयोग

धनगढी : धनगढीको चटकपुरस्थित आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालिलाई एमआरएफ टायर तथा रिसोलिङ र होटल होली प्यालेसका सञ्चालकद्धय प्रेम खड्का र धर्मपत्नी अरुणा खड्काले आर्थिक सहयोग गरेका छन् ।

उद्घाटन अगावै शनिबार आगलागीबाट ध्वस्त भएको भोजराज भट्ट र पदम भण्डारीहरुको आलोक मल्टि ट्रेड  कन्सर्न प्रा.लिलाई एक लाख ११ हजार रुपैया सहयोग गरेका हुन् ।

आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न थालेका छन् । आईतवार मात्रै ४ लाख भन्दाबढी आर्थिक सहयोग जुटेको थियो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.