Khabar Ujyalo

प्रधानमन्त्रीको प्रचण्ड-माधवलाई कटाक्ष: ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो’

२४ फाल्गुन २०७७, सोमबार
प्रधानमन्त्रीको प्रचण्ड-माधवलाई कटाक्ष: ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन ।

प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको बताउनुभयो । ‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,’ तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’

संसदको पहिलो बैठक सेटिङमा चलेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो,’ उहाँले भन्नुभयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’

प्रधानमन्त्रीले सरकारले महत्वपूर्ण अध्यादेश जारी गरेको बताउँदै संसदले अस्वीकार गर्न सक्ने व्यवस्था हुँदाहुँदै सदन चल्न नदिएकोमा असन्तुष्टि जनाउनुभयो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.