१८ असार २०७९, शनिबार

छाउपडी प्रथा अन्त्यको पहिलो खुड्किलो छाउघर भत्काउनु हो : गोकर्ण प्रसाद उपाध्याय

२३ फाल्गुन २०७७, आईतवार
[Sassy_Social_Share]
छाउपडी प्रथा अन्त्यको पहिलो खुड्किलो छाउघर भत्काउनु हो : गोकर्ण प्रसाद उपाध्याय

धनगढी : अछाम जिल्लाका निवर्तमान प्रमुख गोकर्ण प्रसाद उपाध्यायले सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्य गर्न छाउघर भत्काउनु जरुरी रहेको बताए ।

आईतवार बोलन्या थलीको सेटमा बोल्दै गोकर्ण प्रसाद उपाध्यायले छाउपडी अन्त्यका लागि छाउपडि घर भत्काउने र छाउपडीबिरुद्ध  जनसमुदायमा जनचेतना जगाउनु पर्ने बताए ।

अछाममा १९८ दिन जिल्ला प्रमुख भएर कार्यभार समाल्दै गर्दा छाउपडी प्रथा अन्त्यका लागि महत्त्वपूर्ण अभियान थाले । छाउपडी अन्त्य गर्न लेखनमाध्यम,प्रशासनिक कामकाजका लागि प्रशासनमा आएका नागरिकलाई छाउपडीविरुद्ध सचेतना र बस्तीबस्तीमा पुगेर अभियान चलाएको त्यही क्रममा ६ हजार भन्दाबढि छाउघर भत्काएको पनि उनले बताए।

छाउप्रथा अन्त्य गर्ने पहिलो खुट्किल्ला छाउघर भत्काउनु नै हो । छाउघर भत्काएपछी उनिहरुलाई छाउपडी प्रथा बारे जनचेतना गराउनु पर्छ उनले बताए । ‘धेरैले छाउपडी घर भत्काउनु भन्दा मनको घर भत्काउनु पर्छ पनि भने हामीले के पनि बुझनु पर्छ,छाउघर कस्तो हुन्छ? के हो ?’ उनले भने-‘४-३ फिट भएको सानो घर,जसमा खुट्टा तानेर सुत्न पनि मिल्दैन ।’

अझै केही महिना अछाममा रहेको भए छाउपडी प्रथा र सुत्केरी छाउपडी अन्त्य नै गर्ने थिए उनले बताए ।

यस्तै अछाम जिल्ला समन्वय समितीका अध्यक्ष नर बहादुर कुवरले  छाउपडी प्रथा अन्त्यका लागि समुदाय,सरकार र सरोकारसङ्ग समन्वय गरेरे अछाममा धेरै अभियान थालेको अझै त्यस्ता अभियानलाई निरन्तरता दिईने बताए ।

साफेनगर नगरपालिकाका ३ का वडाअध्यक्ष कृष्ण बुढाले छाउपडी प्रथा अन्त्यका लागि स्थानीय सरकार लागि परेको बताए । परापुर्वकाल देखि आएको प्रथा तत्कालै अन्त्य गर्न सकस भएपनी अन्त्य गर्ने चुनौती हामी सामु आएका बताए । छाउगोठ भत्काउने अभियान कोरोना महामारीमा रोकिए पनि पुनः अभियान चलाउने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo