दार्चुला – दार्चुला शैल्यशिखर नगरपालिका ८ का पदम पन्तले बिहीवार बिहान धनगढीको टाटा सोरुमबाट ब ३ ज १६९३ नम्बरको नयाँ जीप निकाले । गाडी बिहानै धनगढीमा दाई पर्ने घरमा गएर गाडीको पुजा गरे । त्यही दिन धनगढीबाट दार्चुला गोकुलेश्वर तीर ड्राइभर र उनि लागे ।
शुक्रबार गोकुलेश्वर बजारमा रहेको आफ्नो होटलमा पुगे । शनिबार (आज) फुपूको छोरीको कन्यादानमा सहभागी हुन् आमा,दुई छोरा,उनी, ड्राइभर र केही आफ्न्तहरु फुपूको घरतिर लागे । फुपूको छोरीको कन्यादानमा पुग्न नपाउदै लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा जिप दुर्घटना भयो । घटनास्थलमै जीप चालक करन नाथ र उनिकि आमा सुनादेवी पन्तको ज्यान गयो । घाइते भएका पदम केही समय पछि उनले पनि सास छोडे । गाडीबाटको कमाईले घरपरिवार चनाउने सपना टुङ्गियो ।
जीपमा रहेका दुई छोरा मुकेश पन्त र बसन्त पन्तसहित बुद्धिपल्व पन्त, गंगा पन्त घाइते भए । अहिले पदमकि श्रीमती बिमलालाई नया गाडी किनेको खुसी नसकिदै सासू आमा र श्रीमानलाई कहिले भेट नहुने गरि गुमाएकी छन् ।