KhabarUjyalo

कसरी आगजनी भयो उद्घाटन नहुदै सावाँ ५ करोडको होम डेकोरेसन हाउसमा ?

२२ फाल्गुन २०७७, शनिबार
कसरी आगजनी भयो उद्घाटन नहुदै सावाँ ५ करोडको होम डेकोरेसन हाउसमा ?

धनगढी : धनगढीमा चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा हुने तयारी थियो । भारतमा रहेको एक प्रसिद्ध कम्पनीको नेपालमा आधिकारिक डिलरका लागि छलफल गर्न केहि दिन अगाडि दिल्लीमा पुगेका थिए आलोक मल्टी कन्सर्न उद्योगका संचालक भोजराज भट्ट । संचालनमा ल्याउने तयारीमै रहेका बेला शनिबार मध्याह्न एकाएक उद्योगमा आगलागी भयो ।

कसरी सुरु भयो आगलागी ?

आलोक मल्टि कन्सर्नको भित्र दुई वटा भाग रहेको छ । अगाडि भागमा फर्निचर,होम डेकुरेसनका सामाग्री राखिएक थिए । भने कन्सर्नको पछाडीको भागमा फर्निचर बनाउने उद्योग रहेको थियो । पछाडि कै भागको मल्लो तल्लामा हल्का सामाग्री राखिएको थियो । उद्योगमा काम गर्ने कामदारले एक्कासी धुवा निस्केको देखे । कामदारले आगो निभाउन उद्योग बाहिर रहेको नल्का (धारा) मा पुगेर बाल्टीमा पानी लैजादा सम्म फोम सिटमा आगो लागीसकेको थियो । आगलागी भयो भनेर काम गर्ने कामदार बाहिर आए हामी पनि निभाउन भनेर गए तर आगोले ठुलो लिइसकेको छेउमै रहेका गारिजमा काम गर्ने कामदारले भने ।

आगलागी भएको खबर गरेको आधी घण्टामा धनगढी दमकल पुग्यो तर पानी बिनाको दमकल सिपि हस्पिटलमा उपचारका लागि आएका युवकले बताए । केही छिन पछि आगलागी भएको स्थानमा गोदावरी नगरपालिकाको दमकलले पानी फालेको उनले बताए।

१०० मिटरमा रहेको आयल निगमबाट पानी लिएर आगो नियन्त्रणको प्रयास गरिएको थियो । धनगढी उपमहानगरपालिकाकाको अर्को दमकल र पुनर्वासको दमकल ,एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए। आगजनी विद्युत लाईन सट भएर हुन सक्ने अनुमान गरिएको छ ।

पानी भरिएको दमकल समयमै आए पुगेको भए यति क्षति  नहुने स्थानीयले बताएका छन् । दमकलमा पानी नहुनु दुख भएको उनिहरुले बताए । आगलागीबाट आलोक मल्टी कन्सर्नमा रहेको फर्निचर,होम डेकोरेसन,किचनका सामाग्री,कार्पेट पुर्ण रुपमा क्षति भएको छ । केही दिन अघिमात्र आलोक मल्टी कन्सर्नको बिमा गरेको संचालक भोज राज भट्ट जानकारी दिए ।

आलोक मल्टी कन्सर्नले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीसहित १० वटा शाखाबाट भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्रीलाई विस्तावित गर्न उद्देश्यले सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं,किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका ब्राण्डेड कार्पेट,पर्दा लगायतका सामाग्री उत्पादित गरि यो क्षेत्रको आवश्यकको ५० प्रतिशत उत्पादन गरि बिक्री बितरण गर्ने योजनामा थिए ।

केहिबर्ष अघि डडेल्धुराको बसपार्कमा पनि उनले संचालन गरेको तारा पुञ्ज स्टेशनरीमा आगलागी हुदा लाखौंको क्षति भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo