KhabarUjyalo

अब ‘आफन्त’ एप मार्फत संसारभरका ग्राहकलाई आफुले उत्पादित बस्तु बिक्री गर्न सक्ने

२१ फाल्गुन २०७७, शुक्रबार
अब ‘आफन्त’ एप मार्फत संसारभरका ग्राहकलाई आफुले उत्पादित बस्तु बिक्री गर्न सक्ने


काठमाण्डौ – उद्यमशीलता विकासका लागि ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेसा प्रवर्द्धन गर्ने उद्देश्यले केही दिनअघि मात्रै ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको हो । 

नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याइएको ‘आफन्त’ लाई उत्पादनदेखि बजारीकरणका लागि साना उद्योगी तथा व्यवसायीहरूले उपयोग गर्न सक्नेछन् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकियोस् र प्रयोगकर्तालाई सजिलो होस् भनेर एप सञ्चालनमा ल्याइएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष तथा आफन्त नेपाल प्रालीका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो । 

अध्यक्ष गिरीले भन्नुभयो, ‘वेबसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा उत्पादित सामग्री, साना तथा लघु उद्यमीका उत्पादनलाई  बजारीकरण गर्न सहज हुनेछ । कृषि, औद्योगिकलगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद–बिक्रीबारे जानकारी लिने–दिने माध्यमका रूपमा यो एप र सञ्जाललाई विकास गरेका छौँ । निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदानप्रदान गर्ने माध्यमको रूपमा आफन्तलाई अगाडि बढाएका छौँ ।’ 

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लग पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जालभन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने छन् ।

रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्‍याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । आफन्तमा सबै नेपालीलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको भन्दै उहाँले यसलाई अझै परिष्कृत गर्दै लैजाने गिरीको भनाइ छ ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo