१८ असार २०७९, शनिबार

‘झापा विद्रोह’काे ४८ वर्ष पूरा

२१ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
‘झापा विद्रोह’काे ४८ वर्ष पूरा

नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र विरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी सहिद स्मृति दिवस’ मनाउने गरिन्छ ।

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा सहिदको प्रतिमामा माल्यार्पण गर्दै आएका कम्युनिस्ट नेताहरु सहिदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । सरकारले सहिदका परिवारलाई परिचयपत्रसमेत नदिएको पीडितले गुनासो गर्दै आएका छन् ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo