KhabarUjyalo

प्रधानमन्त्रीले कमल खोलाको पुल उद्घाटन,आजै ३१ वटा पुलको एकैचोटि शिलन्यास गर्ने

१६ फाल्गुन २०७७, आईतवार
प्रधानमन्त्रीले कमल खोलाको पुल उद्घाटन,आजै ३१ वटा पुलको एकैचोटि शिलन्यास गर्ने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कमल गाउँपालिका २ को कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ ।

सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाण्डौले १६ करोड ६२ लाख ६४ हजार नौ सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलको अहिले निर्माण सम्पन्न भएको हो ।

झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए ।

प्रधानमन्त्री ओलीले आइतवार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलन्यास गर्ने कार्यक्रम छ । (रासस)

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo