२४ मंसिर २०७९, शनिबार

शनिबार ८१ जना कोरोना सङ्क्रमित थपिए, २ संक्रमितको मृत्यु

१५ फाल्गुन २०७७, शनिबार
शनिबार ८१ जना कोरोना सङ्क्रमित थपिए, २ संक्रमितको मृत्यु

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका ८१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २ हजार ८ सय २४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या २ लाख ७४ हजार ६५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ७० हजार ३ सय २५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९ सय ६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६० हजार ४ सय ४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९सय ६७ जना आइसोलेशनमा र ६२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo