धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटीमा एक जनाको हत्या गरिएको छ । गेटा आखाँ अस्पताल अगाडी पसल संचालन गर्दै आएका सोही ठाउँ बस्ने ३६ बर्षिय शिवचरण रानाको हत्या गरिएको हो ।
राति पसलमै सुतेका उनी बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको अबस्थामा रानाको शव फेला परेको वडा नं ५ का वडा अध्यक्ष कर्ण सिंह बोहराले जानकारी दिए ।
ठाउँमा खुकुरी प्रहार गरि हत्या गरेको जस्तो देखिएको उनले बताए । हत्या कसले र किन गरेको भन्ने बारे खुलेको छैन । घटनाको बारेमा जानेकारी पाएपछि अहिले ईलाका प्रहरी मालाखेतीको टोली घटनास्थलमा गएको छ । यसअघि रानाको पसलमा आगालागी समेत भएको थियो ।