Khabar Ujyalo

कीर्तिपुरको नयाँबजारमा भयानक दुर्घटना

१४ फाल्गुन २०७७, शुक्रबार
कीर्तिपुरको नयाँबजारमा भयानक दुर्घटना

कीर्तिपुरको नयाँ बजार वानवेमा राती ९ बजे गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिएको छ। 

गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४ नम्बरको कारले  बा १२ च २८१० नम्बरको भ्यानलाई ठक्कर दिँएको थियो। त्यसपछि किनारमा रोकिएका केही स्कुटर र मोटरसाइकललाई पनि ठक्कर दिँएकोकीर्तिपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट भ्यानका चालक घाइते भएका छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि फरार रहेका कार चालकलाई प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.