Khabar Ujyalo

आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

१४ फाल्गुन २०७७, शुक्रबार
आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए।

सर्वोच्च अदालतले  फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.