काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरे।
खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियाे । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएकाे थियाे ।
खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याएकी थिइन् । राेमाञ्चक बनेकाे खेलमा प्रितीले खेलकाे अतिरिक्त समयमा सुन्दर गाेल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।
नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयाे ।
अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियाे ।
प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।