२४ मंसिर २०७९, शनिबार

नगरका सबै वडामा सडक बिस्तार गरि सक्यौं : नगरप्रमुख रावल

१२ फाल्गुन २०७७, बुधबार
नगरका सबै वडामा सडक बिस्तार गरि सक्यौं  : नगरप्रमुख रावल

धनगढी : बाजुराको त्रीबेणी नगरपालिकाका नगरप्रमुख राम सिंह रावलले नगरपालिकामा बिभिन्न चुनौति रहे पनि नगरका सबै वडामा सडक बिस्तार गरिसकेको बताएका छन् । बुधवार बोलन्या थलीको सेटमा उनले यस्तो बताएका हुन् । उनले सबै वडामा सडक कालोपत्रे गर्न नसकेपनि सबै वडामा सडक बिस्तार गरिसकेको र सडक कालोपत्रे गर्ने कार्यमा आफुहरु लागिपरेको बताएका हुन् ।

उनले वडामा आवश्यक पर्ने सबै पुर्वाधारको बिकास गरि नगरका सम्पुर्ण जतालाई सहज बातावरण बनाउनकै लागि नगरपालिकाले काम गरिरहेको बताए । युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागी बिभिन्न सिप तालिमहरु सञ्चालन गरिरेको बताए ।

बिदेश पलायन नहुन स्वदेशमै स्वरोजगार बनुन भन्ने उदेश्यले नगरले यसमा बिशेष बजेट बिनियोजन सकेत गरिसकेको बताउदै यहाँका सबै युवाहरुलाई स्वदेशमै रोक्ने कार्यमा नगरपालिकाले बिशेष जोड दिएको बताए । नगरपालिकामा सव्य नागरिक नाउने उदेश्यले नगरलाई मदिरा मुक्त बनाईसकेको समेत बताए ।

उनले बाढीपिडितहरुलाई राहत दिनको लागी कार्यबिधि समेत बनाउदै गएको र बिभिन्न ऐन कानुन बनाई ति ऐन कानुनकै आधारमा नगरपालिका अघि बढिरहेकोले सम्मपुुर्ण नगरवासीलाई एक जुट भई नमुना नगर बनाउनमा साथ दिन समेत जोड दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo