KhabarUjyalo

बजाजको पल्सर १८० बजारमा,कति छ यसको मुल्य ?

१२ फाल्गुन २०७७, बुधबार
बजाजको पल्सर १८० बजारमा,कति छ यसको मुल्य ?

काठमाडौ : बजाज अटोले भारतमा पल्सर १८० सार्वजनिक गरेको छ। यो मोडल पहिलेको भन्दा केही परिमार्जन गरिएको कम्पनीले जनाएको छ।यसमा नयाँ हेडलाईटसँगै एएचओ (अटो हेडल्याम्प अन), २ वटा पाइलट ल्याम्प दिइएको छ।

त्यसैगरी, स्पोर्ट स्प्लिट सिट दिइएको छ जसले सिटमा चिप्लने समस्या हल गर्छ। यसमा रहेको कालो अलोय ह्विल र इन्फिनिटी टेल ह्याम्पले यसलाई स्र्पोटी बनाएको छ। पावरको लागि यो मोटरसाइकलमा १७८ सिसी, ४–स्ट्रोक, एसओएचसी २ भल्व, एयर कुल्ड, बिएस६ कम्प्लाएयन्ट डिटिएसआई इन्जिन दिइएको छ।

यो इन्जिनले ८ हजार ५ सय आरपिएममा १७ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा १४.५२ एनएम टर्क जेनेरेट गर्छ।
५ स्पिड गियर बक्स रहेको यो मोटरसाइकलमा फ्रन्टमा २८० मिलीमिटर र रेयरमा २३० मिलीमिटर डिस्क ब्रेक जडान गरिएको छ।  
यसको लम्बाई २०३५ मिलीमिटर, चौडाई ७६५ मिलीमिटर र उचाई १११५ मिलीमिटर छ भने ह्विलवेस १३४५ मिलीमिटरको छ।

यो मोटरसाइकलमा १५ लिटर फ्यूल ट्याङ्क छ।  यसको ग्राउण्ड क्ल्येरेन्स १६५ मिलीमिटरको छ।

कम्पनीले भारतमा यो बाइकको मूल्य १ लाख ७ हजार ९ सय ४ रुपैयाँ निर्धारण गरेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo