१७ असार २०७९, शुक्रबार

कञ्चनपुरमा बुहारी र नातीले बृद्धको हत्या

११ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
कञ्चनपुरमा बुहारी र नातीले बृद्धको हत्या

धनगढीः कञ्चनपुरमा बुहारी र नाती मिलेर बृद्धको हत्या गरेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले घरायसी विवादमा ७६ वर्षीय प्रेम थापाको हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार उनीहरु दुवै जना मृतकका बुहारी र नाती रहेको  जनाएका छन्  । घरायसी विवादमा माघ २८ गते चिर्पटले हानेर थापा गम्भीर घाइते भएका थिए। सोमबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

उनको मृत्युपछि बुहारी र नातीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo