KhabarUjyalo

अछामको बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

२४ माघ २०७९, मंगलवार
अछामको बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

अछाम,२४ माघ । जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल  मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।

करिब एक करोड भन्दा बढीको लागतमा दैनिक ५० लिटर उत्पादन र ५० लिटर जम्मा गर्न मिल्ने क्षमताको अक्सिजन प्लान्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ।

अक्सिजनप्लान्ट सुरु भएपछि अछाम बाजुरा लगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने भएको छ। अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन्।

एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्पनी मेडी अक्सी  प्रालीका बायोमिडिकल इञ्जिनियर मदन भण्डारीले जानकारी दिए। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo