KhabarUjyalo

सिपि अस्पतालले लालझाडी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

२१ माघ २०७९, शनिबार
सिपि अस्पतालले लालझाडी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी : धनगढीस्थित सिपि अस्पतालले कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लालझाडी युवा क्लब-११ को आयोजना र सिपि अस्पतालको सहयोगमा लालझाडी गाउँपालिकाको बाईसी बिचुवा स्वास्थ्य चौकीमा शनिबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

उक्त शिबिरमा ८०० जना भन्दा बढिले स्वास्थ्य लाभ लिएका छन् । जसमध्ये ४६० जना महिला र ३४० जना पुरुषले स्वास्थ्य लाभ लिएको सिपी अस्पतालले जनाएको छ । उक्त शिविरमा जनरल सर्जरी फिजिसियन, स्त्री तथा प्रसुति रोग, हार्डजोर्नी तथा नशा रोग, नाक कान घाँटि रोगका विशेषज्ञ चिकित्सकबाट नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको सिपि अस्पतालका कार्यकारी निर्देशक बिकास मौनिले जानकारि दिए। साथै उक्त शिबिरमा नि:शुल्क भिडियो एक्सरे सेवा र औषधी वितरण गरिएको उनले जानकारी दिए ।

लालझाडी युवा क्लबका संस्थापक सल्लाहकार स्व. बिष्णु बहादुर दानपानीको सम्झना स्वास्थ्य शिविर गरिएको थियो । उक्त कार्यक्रमको सभापति लालझाडी युवा क्लबका अध्यक्ष थापा रहेका थिए । प्रमुख अतिथि कञ्चनपुर प्रदेश सभा सदस्य वीर बहादुर थापा रहेका थिए । भने बिशिस्ट अतिथि सिपी अस्पतालका अध्यक्ष तथा वरिष्ठ सर्जन डा. चन्द्र प्रकाश पाण्डेय

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo