धनगढी: कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको चुरे गाउँपालिका–४ बस्ने ४० वर्षीय नरेश देउवा १५ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोप प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ललाईफकाई होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको जनाएको छ ।